Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौंँ महानगरमा गुन्द्रकदेखि गुन्दीसम्म, कुन वडामा के उत्पादन ? 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १५ वटा बाट एकसाथ ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ सुरु गरेको छ । 

सामाजिक विकास विभागले राष्ट्रिय सभा गृहमा औपचारिक समारोह आयोजना गरेर कार्यक्रम थालनी गरेको हो । त्यस अवसरमा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, गुणस्तरीय स्वदेशी उत्पादनले आयात विस्थापन गर्दै लैजान सानासाना उद्यम विकास कार्यक्रम थालिएको जानकारी दिइन् । 

उद्यमी बन्न दृढ इच्छा भएकालाई तालिम दिएर उत्पादनमा रुपान्तरण हुन नसक्ने खालका तालिम रोक्ने उप्रमुखको भनाइ छ । 

सो अवसरमा उद्यमशील विकासमा महानगरपालिकाले अहिलेसम्म हासिल गरेका उपलब्धी र सिकाइलाई संस्थागत गर्दै समस्यालाई सिकाइका रुपमा विकास गर्ने प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताए ।

‘गुणस्तरीय नेपाली उत्पादन विदेशमा निर्यात हुन्छ । काठमाडौँका वडाबाट उत्पादन भएका उत्पादनले पनि यो क्षमता राख्छन् । प्रयास गरौँ’ उनले भने ।

यस बर्षका लागि उद्यम विकास र प्रविधि हस्तान्तरणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसबाट कार्यक्रम सञ्चालन गर्नेछौँ । सामाजिक विकास विभागका निमित्त प्रमुख बिमला कोइरालाले, महिलासँगै पुरुषहरु पनि कार्यक्रम सहभागी हुन सक्ने बताइन् ।

कुन वडामा कुन उद्यम

वडाहरुले स्थानीय उद्यमीहरुको रुचि, यसअघि भइरहेका अभ्यास, कच्चा पदार्थको उपलब्धताजस्ता आधारमा विभिन्न उत्पादन छानेका छन् । यीमध्ये धेरै वडाले मस्यौरा बनाउने, तितौरा बनाउने, अचार बनाउने उद्यम छानेका छन् ।  विभागका अनुसार अहिले १५ वटा वडाका लागि एक एक वटा उद्यम छानिएका छन् । 

वडा नं. ५ मा प्रविधि हस्तान्तरण हुने भएको छ । यस वडामा माटाका भाँडा बनाउने उद्यमबाट सामानहरु उत्पादन हुन थालेपछि यसको प्रवर्धन र उत्पादन मात्रा बढाउन प्रविधि हस्तान्तरण गर्न लागिएको हो । 

१)    वडा नं. १ – गुन्द्रुक र मस्यौरा

२)    वडा नं. २ – मस्यौरा र तितौरा

३)    वडा नं. ३ – फेल्टको सामान बनाउने

४)    वडा नं. ४ – फेल्टको सामान बनाउने 

५)    वडा नं. ७ – क्रिष्टल तथा पोतेको गहना बनाउने 

६)    वडा नं. ८ – दुना टपरी र रुद्राक्षको ढक्की बनाउने 

७)    वडा नं. ९ – रुद्राक्षको माला र धुप बनाउने 

८)    वडा नं. १० — मस्यौरा र अचार बनाउने 

९)    वडा नं. १२ – सुकुल बनाउने 

१०)    वडा नं. १६ – काष्ठकला

११)    वडा नं. २१ – कटाँ की मूर्ति कुँद्ने 

१२)    वडा नं. २२ – जुत्ता बनाउने

१३)    वडा नं. २४ – व्याग बनाउने 

१४)    वडा नं. ३० – गुन्द्रुक मस्यौरा बनाउने 

१५)    वडा नं. ३२ – अचार बनाउने  


 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update