Odapalika - The Fourth Estate - चौथो अंग
तिलागुफाका जनतालाई पालिकाबाटै नुन, कालिकोटका ३ पालिका केन्द्रमा पुग्यो नुन 

काठमाडौँ । कालीकोटको तिलागुफा नगरपालिकाले गाउँपालिकाको केन्द्रबाटै आयोडिनयुक्त नुन वितरण गर्न थालेको छ । 

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँगको समन्वयमा नगरपालिकाको केन्द्र गाल्जेमा वितरण केन्द्र स्थापना गरी नुन वितरण गर्न थालेको पालािकाले जनाएको छ । 

नुनकै लागी जिल्ला सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएकोमा स्थानीयवासी खुसी भएका छन् । नुन लिन  सदरमुकाम जानुपर्ने बाध्यता हटेको तिलागुफा नगरपालिका  बताउँछन् ।

एक किलो नुनका लागि एकदिन लगाएर जिल्ला सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यता हटेकोभन्दै उनीहरुले खुसी व्यक्त गरेका छन् । 

विगतमा नुन लिन जान मात्र २ हजारभन्दा बढी खर्च र पूरै एक दिन समय खर्चनुपर्ने अवस्था अब अन्त्य भएको छ । 

तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले साल्ट ट्रेडिङ कर्पोरेसनसँगको सहकार्यमा नगरपालिका केन्द्रमै अस्थायी डिपो स्थापना गरेर नुन वितरण सेवा दिएको बताए ।

लामो प्रयासपछि स्थानीय तहबाटै नुन वितरणको हुन थालेको भन्दै  तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले अस्थायी कार्यालय खोलेर वितरण गर्न सुरु गरिएको बताए ।

यसअघि रास्कोट नगरपालिका र महाबै गाउँपालिकाले गाउँबाटै नुन वितरण सुरु गरिसकेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update