Odapalika - The Fourth Estate - चौथो अंग
७ वर्षदेखि प्रयास नेपालका बालबालिकालाई हिमालय एयरलाइन्सको सहयोग, शैक्षिक सत्र सुरु हुनु अगावै दियो आवश्यक सामग्री

काठमाडौँ । हिमालय एयरलाइन्सले प्रयास नेपालमा रहेका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । सन् २०१७ देखि प्रयास नेपालमा रहेका बालबालिकार्ला सहयोग गर्दै आएको कम्पनीले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै सामग्री हस्तान्तरण गरेको हो । 

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तगत बुधबार सामग्री हस्तान्तरण गरिएको एयरलाइन्सको ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले जानकारी दिईन । उनकै नेतृत्वमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । 

प्रयास नेपालका बालबालिकाहरूलाई विभिन्न कक्षाका लागि पाठ्यपुस्तक, नोटबुक, स्कुल झोला र स्कुल जुत्ता लगायतका आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको उनको भनाई छ । 

वार्षिक सहायताका अतिरिक्त, बालबालिकाको ज्ञान अभिवृद्धि गर्न र उड्डयन इतिहासको संक्षिप्त जानकारी गराउन हिमालय एअरलाइन्स्ले काठमाडौँको सिनामंगलस्थित उड्डयन संग्रहालयको स्थलगत भ्रमणको आयोजना समेत गरेको थियो । विपन्न तथा अनाथ बालबालिकाहरूलाई उड्डयनको संसार चिनाउने प्रत्यक्ष अवसर प्रदान गरेर हिमालयले उनीहरूको जिज्ञासालाई प्रज्वलित गर्ने र परम्परागत कक्षाकोठाको सिकाइभन्दा बाहिर तिनीहरूको क्षितिज फराकिलो बनाउने लक्ष्य राखेको छ । हिमालयको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधिको परोपकारी उद्देश्यलाई कदर गर्दै उड्डयन संग्रहालयले पनि बालबालिकाहरूका लागि निःशुल्क प्रवेशसँगै भ्रमणका दौरान उत्कृष्ट मार्गदर्शनको व्यवस्थासहित सहयोग गरेको थियो । 

सन् २०१४ मा नेपाल र चिनियाँ संयुक्त लगानीमा स्थापना भएको हिमालय एयरलाइन्सले ४ वटा एयरवस विमानबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । 

एयरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ । हाल हिमालयले  चीनका पाँच शहरहरूमा बेइजिङ, छिङदाओ, सांघाई, चोङकिङ र ल्हासामा उडान गर्दै आएको छ । 

IMG_0048-1712812771.jpg
 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update