Odapalika - The Fourth Estate - चौथो अंग
घुस रकमसहित सव इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित पोखरा महानगरपालिकामा कार्यरत सव इन्जिननियरलाई नियन्त्रणमा लिएको छ । 

आयोगले टोलिले बुधबार सवइन्जिनियर उषा किरण रोकायलाई १ लाख ५० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो । 

उषा किरण र गोदाम इन्जिनिययरङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुर माग गरेको सूचनापछि आयोगको पोखराबाट खटिएको टोलीले घुस रकम सहित २ जनालाई नियन्त्रणमा लिएको थियो । 

आयोगले कुँवरलाई वडा नम्बर ४ र किरणलाई वडा नम्बर ५ वाट नियन्त्रणमा लिएको जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update