Odapalika - The Fourth Estate - चौथो अंग
कमलामाई नगरपालिकामा रहेका एनसेलको टावरमा बम विस्फोट

काठमाडौँ । एनसेलको टावरमा बम विस्फोट भएको छ । सिन्धुलीको कमलामाई नगरपालिकामा रहेको कम्पनीको टावरमा बिहीबार बिहान बम विस्फोट गराइएको हो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालका अनुसार गएराति साढे १ बजे कमलामाई नगरपालिका–४ स्थित एनसेलको टावरमा कुकर बम विस्फोट गराइएको हो । 

डीएसपी दाहालले घटनास्थलमा जनमुक्ति सेनाको पर्चा भेटिएको भन्दै उक्त पर्चामा सुप्रिम कमान्डर परिवर्तन भन्नेको हस्ताक्षर भेटिएको परिवर्तन भन्नेको हस्ताक्षर रहेको बताए । 

उक्त व्यक्तिले एनसेलले ठगी गरेको आरोप लगाएको डीएसपी दाहालको भनाई छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update