Odapalika - The Fourth Estate - चौथो अंग
२०८१ सालको वार्षिक राशिफल, घरजग्गा, सेयर कारोबार र विदेश यात्रा कुन राशिलाई कस्तो ?

यो वर्ष कालयुक्तनामक संवत्सर रहेको छ । यस वर्षका राजा मंगल र मन्त्री शनि रहेका छन् । राजा मंगलका कारण शासकहरुमा झैझगडा, वैमनश्यता, अग्निभय, अस्थिरता, धनजनको क्षति आदि रहनेछ ।

धातुको मूल्य वृद्धि हुने, शान्ति सुरक्षामा अमनचयन पैदा हुने जस्ता विविध घटना यो वर्षका राजा मंगल र मन्त्री शनिले गराउनेछन् ।

२०८१ सालको १२ राशिको फल निम्न अनुसार हुनेछ ।

मेष  (चु चे चो ला लि लु ले लो अ)

यो २०८१ साल तपाईंको लागि भाग्योदयको वर्ष रहनेछ । नयाँ कार्यको थालनी हुनेछ । नोकरीमा सफल भइनेछ । व्यापार व्यावसायमा सफलता पाइनेछ । बृहस्पति शनि र केतु अनुकूल रहेकोले आम्दानी तथा शिक्षा क्षेत्र मजबूत हुनेछ । वैदेशिक यात्रा हुनुका साथै शेयर लगानीको राम्रो प्रतिफल प्राप्त होला । 

वृष  (इ उ ए ओ बा बि बु बे बो)

२०८१ साल तपाईंको लागि सामान्य फलदायी वर्ष रहनेछ । नयाँ कार्यको थालनीले केही धन खर्च हुनेछ । शत्रुप्रतिको विजयले उत्साह बढ्नेछ । नोकरीमा भने झमेला बेहोर्नु पर्नेछ । व्यापार व्यवसायमा विशेष सतर्कता अपनाउनु पर्ला । बृहस्पति शनि र केतु प्रतिकूल रहेकोले आम्दानी तथा शिक्षा क्षेत्र सङ्घर्षमय हुनेछ । वैदेशिक यात्रामा सफलता पाउन निकै परिश्रम गर्नुपर्नेछ ।  

मिथुन (का कि कु घ ङ छ के को ह)

२०८१ साल तपाईंको शुभाशुभ मिश्रित रहनेछ । नयाँ कार्यको थालनी हुनेछ । नोकरीमा पदोन्नति वा स्थान परिवर्तन हुनेछ । व्यापार व्यावसायमा अस्थिरता आउनेछ । केही आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । वैदेशिक यात्रा हुनुका साथै शेयर लगानीबाट कमाइ राम्रो होला । जग्गा जमीन तथा भौतिक साधनको किनबेचले फाइदा हुनेछ । बैवाहिक सम्बन्धले जीवनमा बहार ल्याउनेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

यो २०८१ सालमा तपाईँको भाग्यका ढोका  खुल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । नोकरीमा सफलता तथा पदोन्नतिको प्रवल सम्भावना देखिन्छ । व्यापार व्यावसायमा सफलता पाइनेछ । बृहस्पति शनि र केतु अनुकूल रहेकोले आम्दानी तथा शिक्षा क्षेत्र मजबूत हुनेछ । वैदेशिक यात्रा हुनुका साथै शेयर लगानीको राम्रो प्रतिफल प्राप्त होला । 

सिंह (मा मि मु मे मो टा टि टु टे)

२०८१ सालले तपाईंको भाग्य बोकेर आउनेछ । नयाँनयाँ कार्यको थालनीले उत्साह ल्याउनेछ । नोकरीमा पाएको सफलता अतुलनीय हुनेछ । व्यापार व्यावसायमा प्रशस्तै धन कमाइनेछ । मांगलिक कार्य समेत हुनेछ । पढाइ तथा शिक्षा क्षेत्र मजबूत हुनेछ । वैदेशिक यात्राले राम्रो प्रतिफल दिनेछ । बोलीमा भने लगाम लगाउनु पर्नेछ नत्र काम बिग्रन सक्छ । 

कन्या (टो प पि पु ष ण ठ पे पो)

२०८१ साल तपाईंको लागि शुभ रहनेछ । शैक्षिक तथा आर्थिक क्षेत्रमा बृद्धि भएपनि अनावश्यक झमेला बेहोर्नु पर्ला । नयाँ कार्यको थालनी गर्न हतार नगरेको राम्रो हुनेछ । धन खर्च हुने देखिन्छ । शत्रुप्रतिको विजयले भने उत्साह बढ्नेछ । नोकरीमा भने झमेला बेहोर्नु पर्नेछ । व्यापार व्यवसायमा विशेष सतर्कता अपनाउनु पर्ला । आम्दानी तथा शिक्षा क्षेत्र सङ्घर्षमय हुनेछ । वैदेशिक यात्रामा सफलता पाउन कठिन हुनेछ ।  

तुला  (र रि रु रे रो ता ति तु ते) 

२०८१ साल तपाईंको लागि सामान्य फलदायी तथा मिश्रित वर्ष रहनेछ । बृहस्पिति प्रतिकूल रहनाले धन खर्च हुनुका साथै शिक्षा क्षेत्र कमजोर रहला । शत्रुपक्ष सलबलाउने छन् । हर कुरामा सोच विचार गरी काम गर्नुपर्नेछ । शेयरबजार तथा जग्गाको क्षेत्र पनि कमजोर देखिन्छ । व्यापार व्यवसायमा विशेष सतर्कता अपनाउनु पर्ला । बृहस्पति शनि र केतु प्रतिकूल रहेकोले आम्दानी तथा शिक्षा क्षेत्र सङ्घर्षमय हुनेछ । वैदेशिक यात्रामा भने सफलता पाउन सकिनेछ ।  

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

२०८१ साल तपाईंको लागि मध्यम बर्ष रहनेछ । आर्थिक क्षेत्रमा बृद्धि हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । धन भने खर्च हुने देखिन्छ । शनि अढैयाका कारण जमिनको किनबेचमा बाधा,मानसिक कष्ट आफन्तको वियोग सहनु पर्नेछ । नोकरीमा झमेला बेहोर्नु पर्ला । व्यापार व्यवसायमा सफल नै देखिन्छ । वैदेशिक यात्रामा सफलता पाउनु हुनेछ । साझेदारी व्यवसायमा भने मनमुटाव रहला । धैर्यता र संयमता अपनाउनु पर्नेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

२०८१ साल तपाईंको लागि ग्रहस्थिति सामान्य रहनेछ । बृहस्पति छैटौँले रोग तथा शोक भोग्नु पर्ला । बाध्यताले धन खर्च हुनेछ । अध्ययन अध्यापनमा सफल भइनेछ । शत्रुपक्ष बलियो देखिन्छन् चनाखो हुनुपर्नेछ । सोच विचार गरी काम गर्नुपर्नेछ । शेयरबजार तथा जग्गाको क्षेत्र पनि कमजोर देखिन्छ । व्यापार व्यवसायमा भने सफलता हुनेछ । नोकरी क्षेत्र सङ्घर्षमय हुनेछ । वैदेशिक यात्राको अवसर पाइनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

२०८१ साल तपाईंको लागि शनि साढेसातीको कारण सामान्य  वर्ष रहनेछ । बृहस्पिति अनुकूल रहनाले शिक्षा क्षेत्रमा सफलता पाइनेछ । व्यर्थको खर्च वादविवाद तथा भ्रमण हुनेछ । शत्रुपक्ष सलबलाउने छन् । मान सम्मानको अवसर मिल्नेछ । शेयरबजार तथा जग्गाको क्षेत्र केही तनाव झेल्नुपर्ने देखिन्छ । व्यापार व्यवसायमा विशेष सतर्कता अपनाउदा फाइदा लिन सक्नुहोला । वैदेशिक यात्रामा भने उल्झन आउन सक्नेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

२०८१ साल तपाईंको मध्य शनि साढेसातीले सामान्य फलदायी तथा मिश्रित वर्ष रहनेछ । बृहस्पिति अनुकूल रहनाले धन आउनुका  साथै जग्गा जमिन खरीद हुनेछ । शत्रुपक्ष माथि विजय प्राप्त हुनेछ ।  । पारिवारिक कलहको सामना गर्नुपर्नेछ । शेयरबजार क्षेत्र भने  कमजोर देखिन्छ । व्यापार व्यवसायमा विशेष सफलता पाइनेछ । बर्षको उत्तराद्र्धमा पद प्रतिष्ठामा वृद्धि हुनेछ । वैदेशिक यात्रामा सफल देखिन्छ ।

मीन (दि दु थ झ ञ दे दो चा ची) 

२०८१ साल तपाईंको आद्य शनि साढेसातीले सामान्य फलदायी तथा मिश्रित वर्ष रहनेछ । बृहस्पिति अनुकूल रहनाले आय वृद्धि हुनुका साथै शिक्षा क्षेत्र बलियो रहला । शत्रुपक्ष परास्त हुनेछन् । शेयरबजार तथा व्यापार व्यवसायकोे क्षेत्रमा उतारचढाव हुने देखिन्छ । वैदेशिक क्षेत्रबाट प्रशस्तै आम्दानी हुनेछ । अनावश्यक भ्रमण भने गरिरहनु पर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update