Odapalika - The Fourth Estate - चौथो अंग
मानव बेचबिखन अभियोगमा नौकुण्ड गाउँपालिकाका अध्यक्ष घले पक्राउ 

काठमाडौँ । मानव बेचबिखन अभियोगमा रसुवाको नौकुण्ठ गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङवो घले पक्राउ परेका छन् । 

अध्यक्ष घलेलाई काठमाडौँ महानगरपालिका–११ बबरमहलबाट बुधवार पक्राउ गरेको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । 

उनी पक्राउ परेको विषयलाई नौकुण्ड गाउँपालिकाकाले पनि पुष्टि गरेकाे छ । ‘२०७० सालतिरको मानवबेचविखन सम्वन्धि मुद्दाका शिलशिलामा उहाँ पक्राउ परेको जानकारी आएको छ,’ पालिकाका एक जनप्रतिनिधिले भने । 

घलेमाथि कुवेतमा मासिक २८ हजार रूपैयाँ तलवमा काममा लगाईदिने प्रलोभनमा पारी श्रीलंकाको कोलम्बोमा लगेर मानव बेचबिखन गरेको अभियोग छ ।

‘घले समेतका व्यक्तिहरूले कुवेतमा काममा लगाईदिने लोभ लालचमा पारी पीडितको राहदानी समेत आफ्नै खर्चमा बनाई २०७३ साउनमा भारतको नयाँदिल्ली हुँदै भिजिट भिसामा श्रीलंकाको कोलम्बोमा लगेको खुल्न आएको छ,’ व्युरोका एक अधिकारीले भने, यही आधारमा उनलाई पक्राउ गरिएको हो । 

पक्राउ परेका घलेमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतकाट ५ दिनको अनुमति लिएको प्रहरीको भनाइ छ । 

बेचबिखनमा परेका भनिएकाहरुले नेपाल फर्किएर दिएको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update