Odapalika - The Fourth Estate - चौथो अंग
निगमको अपरेशन डाइरेक्टर बने क्याप्टेन दिपु ज्वारचन 

काठमाडौँ । नेपाल एयरलाइन्सको अपरेसन विभाग प्रमुख (अपरेशन डाइरेक्टर) मा क्याप्टेन दिपु ज्वारचन नियुक्त भएका छन् । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बिहीबार ज्वारचनलाई अपरेशन डाइरेक्टरको जिम्मेवारी दिएका हुन् । 

वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचारको आरेप लागेपछि अपरेशन विभाग प्रमुख रहेका क्याप्टेन श्रवण रिजाल सहित निगमका ८ जना उच्च पदका कर्मचारीहरु हाल निलम्बनमा छन् । 

उक्त प्रकरणपछि खाली रहेको निगमको मुख्य विभागका रुपमा रहेको अपरेशन विभागको नेतृत्व ज्वारचनले गरेका हुन् । यसअघि पनि उनले लामो समयसम्म निगमको अपरेशन विभागको नेतृत्व गरेका थिए । 

उनी सन् २०२२ मा एयरबस ३२० (न्यारोवडी जहाज) को पहिलो नेपाली परीक्षक पाइलट बनेका थिए । ट्विनअटर जहाजबाट उडान यात्राको थालनी गरेका ज्वारचनलाई नेपाल नागरिक उडड्यन प्राधिकरणले नेपाली उडड्यन इतिहासमा ३२० जहाजको परीक्षक पाइलटको उपाधी दिएको थियो । 

ज्वारचन २००७ देखि नेपाल एयरलाइन्सका जहाज उडान गरिरहेका छन् । २००७ मा खुला प्रतिस्पर्धाबाट निगमको प्रवेश गरेका ज्वारचनले २०१५ सम्म ट्विनअटर जहाज उडान गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update