Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरका १० महिला समूह पुरस्कृत 

ललितपुुर । ललितपुर महानगरपालिकाले महानगरभित्रका १० वटा महिला समूहलाई पुरस्कारसहित सम्मान गरेको छ । 

महानगरले उत्कृष्ट महिला समूह घोषणा कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रममा वडा नं ६ मा रहेको वैश्य वर्णं माँ पुचःलाई सर्वोत्कृष्ट महिला समूह घोषणा गर्दै पुरस्कृत गरेको छ । 

महानगरले प्रत्येक वर्ष महानगरभित्र रहेका महिला समूहले गरेको कामको आधारमा उत्कृष्ट महिला समूह छनोट गर्ने गरेको छ । 

वडा नं ६ मा रहेको सिन्चाहिटी मिसा पुचः, वडा नं ११ मा रहेको दथुलँ महिला समूह, वडा नं २४ धापाखेलमा रहेको श्री शक्ति महिला समूह, वडा नं २९ हरिसिद्धिमा रहेको विहार महिला समूह पहिलो पटक उत्कृष्ट महिला समूहमा सम्मानित भए । 

त्यस्तै, वडा नं २ सानेपामा रहेको साहसी महिला समूह, वडा नंं १३ एकान्तकुनामा रहेको नारी जागृति समूह, वडा नं ६ मा रहेको कनिबहाल जागृति महिला समूह, वडा नं ९ मा रहेको सप्तखेल मिसा पुचः र वडा नंं ९ मा रहेको लोल महिला बचत तथा ऋण समूह सम्मानित भए । 

पुरस्कृृत हुने महिला समूहलाई महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमख मञ्जली शाक्य बज्राचार्यले पुरस्कारसहित सम्मानपत्र प्रदान गरे । 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update