Odapalika - The Fourth Estate - चौथो अंग
बैशाख मसान्तभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न मर्स्याङ्दी गाउँपालिकाको निर्देशन 

काठमाडौँ । मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालयहरुलाई ३० बैशाखभित्र विद्यालय व्यवस्थापन समिति गठन गरिसक्न निर्देशन दिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईका अनुसार २६ चेतमा बसेको गाउँपालिका शिक्षा समितिको बैठकको निर्णयअनुसार समिति गठन गर्न सबै विद्यालयमा परिपत्र गरिएको हो । 

पालिकाले गाउँपालिकाको शिक्षा ऐनअनुसार व्यवस्थापन समिति गठन गरेर सोको जानकारी पालिकालाई गराउनु पर्नेछ । 

गाउँपालिकाको शिक्षा ऐन अनुसार १ जना अध्यक्ष, अभिभावकहरुमध्येबाट कम्तीमा २ जना महिलासहित ४ जना सदस्य, विद्यालय रहेको वडाका जनप्रतिनिधिमध्येबाट एकजना सदस्य समितिमा हुनुपर्नेछ । 

त्यसैगरी, विद्यालय संस्थापक, चन्दादाता र वुद्धिजिवीमध्येबाट वडा शिक्षा समितिले मनोनित गरेको १ जना, स्थानीय शिक्षाप्रेमी मध्येबाट गाउँ शिक्षा समितिले मनोनित गरेको १ जना, विद्यालय शिक्षकले छानेर पठाएका एक जना शिक्षक र सम्वन्धित विद्यालयको प्रधानअध्यापक सदस्य सचिव रहने गरी व्यवस्थापन समिति गठन गर्नुपर्छ । 

4a13f74c-f03a-47b9-82e2-bfebadf1fd1a-(1)-1712909699.jpg


 

  
 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update