Odapalika - The Fourth Estate - चौथो अंग
कृषकलाई गढवाले दियो अनुदानमा राँगा

काठमाडौँ । गढवा गाउँपालिकाले भैंसी पालक कृषकहरुलाई वीउ राँगा वितरण गरेको छ । पालिकाभित्रका दिदिबहिनीहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउन ५ वटा उन्नत जातको वीउ राँगाा वितरण गरिएको जनाईएको छ । 

पालिकाले बिहीबार उक्त वीउ राँगा किसानलाई दिएको हो । पालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले भिटा परियोजना मार्फत भैंसी पालक कृषकहरुलाई ५ वटा उन्नत जातको वीउ राँगा वितरण गरिएको जानकारी दिए । 

गढवा २ की भानमती यादव, गढवा ४ की संगिता न्योपाने, गढवा ६ की उषा कुमारी यादव, गढवा ५ का हेमन्त कुमारी यादव र गढवा ७ की इन्द्र कुमारी यादवलाई उन्नत जातको वीउ राँगा वितरण गरेको हो ।

उनले पालिकाले सबै भन्दा ठुलो भिटा परियोजना मार्फत कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलतामा बिशेष कार्यक्रमहरु गरिरहेको समेत जानकारी गराए । 

यसअघि पालिकाले बाख्रा पालन कृषक लाई उन्नत जातको बाख्रा र बोका वितरण गरिसकेका छ । 

पालिकाले बिभिन्न वडामा बाख्रा, भैसी तथा तरकारी खेती गर्ने कृषकहरुलाई समेटेर समूह बनाएको बताउदै समूह निर्माणको समयमा कृषकहरुबाट प्राप्त सुझाव अनुसार बाख्रा पालकलाई उन्नत जातको बोका र भैंसी पालक कृषकहरुलाई उन्नत जातको वीउ राँगा बितरण गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिए । 

राँगो नहुदा समयमा रांगो नपाईने, अर्काको घरमा लैजाने र कृतिम गर्भधान पनि सोचे जस्तो सफल नभएकोले आवश्यकता महसुस गरी वीउ राँगा वितरण गरेको भन्दै उनले उत्पादनमा बृद्धि गर्न नश्ल सुधार कार्यक्रम अन्तरगत बाख्रामा वीउ बोका र भैंसी पालक कृषकहरुलाई वीउ राँगा वितरण कार्यक्रम अघि बढाएको बताए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update