Odapalika - The Fourth Estate - चौथो अंग
नेपालकाे राष्ट्रिय फल बन्याे सुन्तला

काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फलका रुपमा मान्यता दिने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद बैठकले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको प्रस्तावअनुसार सुन्तलालाई नेपालको राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । नेपालमा पछिल्लो समय सुन्तलाको व्यावसायिक खेती बढ्दो क्रममा छ । 

बैठकले  बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऎन, २०७१ को दफा ३ बमोजिम दुबै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न समिति बनाएको छ । 

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा  राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य, मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानुनविद, विधि बिज्ञानवेत्ता, द्वन्द्वविद, समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संग्लन व्यक्तिहरु मध्येबाट देहाय बमोजिमका सदस्यहरु नियुक्त गरेको हो । 

यसरी नियुक्त भएका सदस्यमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीशप्रसाद शर्मा पौडेल, डा. अर्जुनकुमार कार्की र  स्टेला तामाङ सदस्य छन् ।

सयुक्त राज्य अमेरिकाको ओहोयो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिज्यदुत पदमा नियुक्त भएका छन् । 

बैठकले संसदको चालू अधिवेशन २०८० वैशाख २ गते रातको १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गष्रेको छ । 

राष्ट्रियसभामा रिक्त रहेको सदस्यमा डा. अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णणपनि बैठकले गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update