Odapalika - The Fourth Estate - चौथो अंग
बिहान लुम्बिनीमा वर्षाको सम्भावना, दिउँसोको मौसम कहाँ कस्तो ?  

काठमाडौँ । आज लुम्बिनी  प्रदेशलगायत देशको पहाडी क्षेत्रको मौसममा सामान्य बदलाव आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उसको भनाइ छ ।

विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै र बाँकी पहाडी भू–भागको एक–दुई स्थानहरूमा  दिनभर हल्का वर्षा हुनसक्छ । उच्च पहाडी तथा हिमालका केही क्षेत्रमा सामान्य हिमपात पनि हुनसक्छ ।  

राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ विभागले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update