Odapalika - The Fourth Estate - चौथो अंग
मिथिला क्षेत्रमा जुडशीतल पर्व, मधेशमा सार्वजनिक बिदा 

काठमाडौँ । आज तराइका ८ जिल्लामा जुडशीतल पर्व धुमधामसँग मनाइँदै छ । पर्व मनाउन मधेश प्रदेशले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । 

तराई मधेससँगै मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिने प्रचलन छ ।  

आज खेतबारीमा पनि पानी पनि हाल्ने चलन छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् । आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update