Odapalika - The Fourth Estate - चौथो अंग
इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक बाहिर ननिस्कन दूतावासको आग्रह

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले अतिआवश्यक बाहेकका काममा घरबाट बाहिर ननिस्कन नेपालीलाई आग्रह गरेको छ । राजदूतावासले आइतबार एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक घर वा आश्रयस्थलबाट बाहिर ननिस्कन आग्रह गरेको हो । 

इजरायलमाथि इरानी हमला सुरु भएपछि तेल अबिबस्थित नेपाली दूतावासले यो सूचना जारी गरेको हो । 

दूतावासको सूचनामा लेखिएको छ, ‘हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन्। आगामी सोमबार राती ११ बजे सम्म लागू हुने गरी शैक्षिक कृयाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा÷भेल नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाकालागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं ।’ 

दूतावासले आपतकालीन अवस्थाका लागि कुमारबहादुर श्रेष्ठ, द्वितीय सचिव– ०५२८ २८९ ३०० र सञ्जयकुमार साह, सहचारी– ०५४५ ५८२ ०७७ लाई उक्त  नम्बरमा सम्पर्क गर्न पनि सूचित गरेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update