Odapalika - The Fourth Estate - चौथो अंग
सरकारले गर्‍यो एकैपटक ५ सचिवको सरुवा, कहाँ कसलाई जिम्मा ? 

काठमाडौँ । सरकारले ५ जना सचिवको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले हाल विभिन्न मन्त्रालयममा कार्यरत सचिवको सरुवा गरेको हो । 

जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिव दिनेश भट्टराईको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । 

महिला बालबलिका मन्त्रालयका सचिव सुमनराज अर्यालको युवा तथा खेलकुद मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरिएको हो । 

यस्तै, उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update