Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमः कतै हल्का वर्षा, कतै हावाहुरी चल्ने 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका ४ वटा प्रदेशको मौसममा बदली आने जनाएको छ ।

जसका कारण देशका केही भू–भागमा आज पानी पर्ने सम्भावना छ भनेक कतैकतै मेघगर्जन र चट्याङसहितको पानी पनि पर्नसक्ने अवस्था छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली हँदा अन्य भागको मौसम सफा नै रहनेछ । 

विभागले दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागको थोरै स्थान र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना पनि उत्तिकै छ । 

लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा दिउँसो  हावाहुरीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणसम्म मौसममा फेरबदल आउने विभागको भनाइ छ । 

कोआज राति नै काशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हलुका वर्षाको सम्भावना पनि छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update