Odapalika - The Fourth Estate - चौथो अंग
४ स्थानीय तह मिलेर बस कुदाउने तयारी, ३ जिल्लाबासीले लिनेछन् लाभ

काठमाडौँ । बागलुङका ४ वटा स्थानीय तह मिलेर संयुक्त रुपमा सार्वजनिक बस सञ्चालन गर्ने तयारीमा जुटेका छन् । 

गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले नगर बस सञ्चालन गर्ने प्रक्रिया अघि वढाएका हुन् । 

गलकोट नगरपालिकाको घोडाबाँधेदेखि निसीखोला गाउँपालिकाको पातिहाल्नेसम्म अन्तरपालिका साझेदारीमा नगर बस सञ्चालन गर्नेछ । 

करिब ६५ किलोमिटर मध्यपहाडी लोकमार्ग क्षेत्रमा नगर बस सञ्चालन गर्ने गरी भइरहेको पालिकाले जनाएको छ । आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने गरी पहिलो चरणमा दुई वटा बस खदिर गरेर सञ्चालन गरिने तयारीमा पालिका छ ।

सवारी चलाउने विषयमा ४ वटै स्थानीय तहका जनप्रतिनिधिले सहमति जनाएर प्रक्रिया अघि वढेलगत्तै दशैँबाट अन्तरपालिका बस संचालन हुने छ ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले अन्तरपालिका नगर बस सञ्चालन गर्न  एक महिनाभित्रमा प्रारम्भिक प्रतिवेदन तयार गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको बताए । कार्यदलको प्रतिवेदनअनुसार नगर बस सञ्चालनको कामलाई अगाडि बढाइने प्रमुख गैरेको भनाइ छ । नगर बस सञ्चालनमा आए सार्वजनिक सवारी साधानको भन्दा भाडा दर कम हुने र नागरिकलाई सहज हुने उनको भनाइ छ ।

विद्यार्थी, ज्येष्ठ नागरिक र  कर्मचारीलाई भाडामा छुट दिने तयारी पाकिलाहरुको छ ।

नगर बस संचालन भए बागलुङदेखि  पूर्वी रुकुम हुँदै रोल्पासम्मका जनताले लाभ लिन सक्ने पालिकाको भनाइ छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update