Odapalika - The Fourth Estate - चौथो अंग
मध्यपुर थिमि र टोखा नगरपालिका बिस्कामय, आज र भोलि सार्वजनिक बिदा 

काठमाडौँ । भक्तपुर र काठमाडौँको टोखा नगरपालिका यतिबेला बिस्केट जात्रामय भएको छ । 

मध्यपुर थिमि नगरपालिकामा हिजो जिव्रो छेड्ने जाता सम्पन्न भयो भने आजपनि विभिन्न जात्रा संचालन हुनेछन् । 

जात्राको अवसर पारेर मध्यपुर थिमि नगरपालिकाले आज पनि सार्वजनिक बिदा दिएको छ भने टोखा नगरपालिकाले आज र भोलिलाई पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

सुर्यबिनायक र भक्तपुर नगरपालिकाले भने हिजो १ दिनका लागि मात्रा सार्वजनिक बिदा दिएका छन् ।

विस्का अर्थात विस्केट जात्रा वैशाख १ देखि ५ गतेसम्म मनाइन्छ । बिस्का जात्राका अवसरमा वैशाख ३ गते टोखा नगरपालिकाको वडा नं २ र ३ साथै वैशाख ४ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय छ ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले वैशाख ३ गते दुईवटा वडा र वैशाख ४ गते टोखा नगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्था बन्द हुने जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update