Odapalika - The Fourth Estate - चौथो अंग
ताप्लेजुङ प्रशासनले सार्वजनिक विदामा समेत सेवा दिने, यी हुने पाइने सेवा ?

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक विदामा समेत सेवा दिने निर्णय गरेको छ । कार्यालयले आइतबार एक सूचना जारी गर्दै सार्वजनिक विदाको दिमा समेत नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण सम्बन्धी सेवा दिने जनाएको हो । 

‘सरकारले फागुन २९ गते नेपाल राजपत्रमा प्रकाशिक नेपाल सरकार गृह मन्त्रालयको सूचना अनुसार विस २०८१ साल बैशाख १ गतेदेखि सार्वजनिक विदाका दिनहरुमा समेत कार्यालयबाट उक्त सेवाहरु प्रवाह हुने सबैमा जानकारीका लागि अनुरोध छ’, कार्यालयले सार्वजनकि गरेको सूचनामा भनिएको छ । 

सूचना अनुसार सार्वजनिक विदाहरु रामनवमी, उभौली पर्व–चण्डी पूर्णिमा (बैशाख पूर्णिमा) बुद्धजयन्त्री, गणतन्त्र दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माटमी, घटस्थापना, किराँत समुदायको उधौली पर्व, क्रिसमस डे, तमु ल्होसार, पृथ्वी जयन्ती, माघी पर्व, शहिद दिवस, सोनम ल्होसार, राष्ट्रिय प्रजातन्त्र दिवस, ग्याल्पो ल्होसार र अन्तर्राष्ट्रिय महिला दिवस, ईद र बकर ईदका दिन उक्त सेवाहरु प्रवाह हुनेछ । 

437574712_1451804432385841_4964902199755995046_n-1713162786.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update