Odapalika - The Fourth Estate - चौथो अंग
डिलासैनी गाउँपालिकालाई चाहियो करारका कर्मचारी, कसरी दिने आवेदन ? 

काठमाडौँ । बैतडीको डिलासैनी गाउँपालिकाले कर्मचारी माग गरेको छ । पालिकाले आइतबार एक सूचना जारी गर्दै करारका कर्मचारी माग गरेको हो । 

सूचना अनुसार पालिकामा प्रस्ताबित १० शैया अस्पताल तथा अन्तरगतका स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा तर्फ मनोसामाजिक परामर्शकर्ता २ जना, फार्मेसी सहायक र कार्यालय सहयोगी १÷१ जनाका लागि दरखास्त आह्वान गरेको हो । 

योग्यता पुग्ने व्यक्तिले आवश्यक कागजात सहित सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र पालिकाको कार्यालयमा सम्पर्क राख्नु पर्नेछ । निवेदनकर्ता १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । 

निवेदनका साथमा नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, अनुभवको प्रमाण पत्रको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी, व्यक्तिगत विवरण र पासपोर्ट साइजको दुई प्रति फोटो आवश्यक पर्नेछ । 

पालिकाले मनोसामाजिक परामर्शकर्ता र कार्यालय सहयोगीको छनौट अन्तरवार्ता परीक्षाबाट गर्नेछ भने फार्मेसी सहायक पदको छनोट लिखित र अन्तरवार्ताबाट गर्ने सूचनामा उल्लेख छ । 

received_1002972064680105-1713164066.jpeg
 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update