Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारलाई सधै फोहोर व्यवस्थापनकै सकस 

काठमाडौँ । धुनिवेसी नगरपालिका र ककनी गाउँपालिकाको सीमामा रहेको बञ्चरेडाडा हरेक वर्ष चर्चा मा आउँछ । कारण काठमाडौं उपत्यकाका ८ भन्दा बढी स्थानयि तहको फोहोर त्यही लगेर विर्सजन गरिदै छ । 

उपत्यकाभित्र फहोहोर व्यवस्थापनका लागि दीघृकालिन स्थान अभावमा सिसडोल र बञ्चरेडाडामा फोहोर फालिदै आएकाे छ । तर स्थानीयको स्वास्थ्य र जनजीविकाका विषय भने जसरी सम्वोधन नुहँदा सधै फोहोर विर्सजन सकसपूर्ण बन्छ । यसपटक पनि लामो समयको अवरोधपछि केही दिनअघि बाट मात्र फोहोरका कन्टेनर विसर्जनस्थल पुगिरहेका छन् । 

काठमाडौँ मात्र होइन पछिल्ला दिन उपत्यका बाहिरका स्थानीय तहहरुलाई समेत फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बन्दै आएको छ । 

दाङको तुलसीपुर उपमहानगरपालिकाले लामो समयसम्म स्थायीरुपमा फोहर व्यस्थापन गर्न सकेको छैन । उपमहानगरपालिकाले हाल तुलसीपुर उपमहानगरपालिका–१२ महेन्द्र माविको पछाडितर्फ अस्थायीरूपमा फोहर व्यवस्थापन गर्दै आएको छ । 

स्थानीयले पटक–पटक स्थायी व्यवस्थापनको माग गरिरहेका छन् ।। तर पनि त्यसको स्थायी व्यवस्थापन गर्न सकिएको छैन । स्थायी व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा जग्गासमेत खरिद गरियो । तर त्यहाँ स्थानयिले फोहर फाल्न दिएनन्् ।

नगरपालिका यो स्थानको विकल्पको खोजीमा रहेको  उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का बताउँछन् ।  तर कहाँ हो अनुकुल ठाउँ भन्ने विषयामा उपमहानगर अझै अलमलमा छ । 

तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १६, १८ र १९ का विभिन्न स्थानमा फोहर व्यवस्थापनका लागि जग्गाको खोजी भइरहेको खड्काको भनाइ छ । 

हाल फोहोर व्यवस्थापन भइरहेको स्थान नजिक एयरपोर्टरहेकालेपनि दीघृकालीन रुपमा फोहोर सो स्थानमा बिसर्जन गर्न नसकिनेमा जनप्रतिनिधिपनि कन्भिन्स छन् । तर स्थान अभावमा अन्यत्र लैजान नसिकएको उनीहरु बताउँछन् । 

प्रभावित क्षेत्रका स्थानीयको अवरोधका कारण पोखरा महानगरपालिकाको फोहोर व्यवस्थापन पनि १२ दिन अस्तव्यस्त बन्यो । 

उच्च अदालतको आइतवारको आदेशपछि भने बल्ल मंगलवारबाट नगरपालिकाले नगरको फोहोर उठाएर अस्थायी ल्यण्डफिल्ड साइटमा व्यवस्थापन गर्न थालेको छ । 

पोखरा महानगरपालिकासँग विभिन्न माग राखेर आन्दोलन गरेका स्थानीयको अवरोधले पोखराको फोहोर उठ्न सकेको थिएन । फोहोर नउठ्दा पर्यटकीय सहर पोखराको सडकमा ठाउँठाउँमा फोहोर थुप्रिएको छ । स्थानीयको घरघरमा थुप्रिएको फोहोर भने अझै उठेको छैन । 

fohar1691564146.jpg

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको हुने भएपछि गत पुस मध्यदेखि पोखरा महानगरले सहरको फोहोर पोखरा–३२ को लामेआहालस्थित सेती नदि किनारमा व्यवस्थापन गर्न थालेको छ । 

त्यसअघि पोखरा–१४ को बाच्छेबुडुवास्थित ल्याण्डफिलसाइटमा फोहोर व्यवस्थापन हुँदै आएको थियो । तर, विमानस्थल नजिक भएकै कारण यसको अस्थायी विकल्पका रुपमा लामेआहाल नजिक सेती किनारमा व्यवस्थापन गर्न थाल्यो । 

लामेआहालमा फोहोर फाल्ने निर्णयगलत्तै स्थानीयले बिरोध गरेपछि महानगरले बढीमा ६ महिनाका लागि भन्दै त्यहाँ फोहोर खसाल्न थाल्यो । 

। ६ महिनाभित्र स्थायी संरचना बनाउने र त्यसपछि लामेआहालमा पनि फोहोर फ्याक्न छाड्ने आस्वासन महानगरले त्यो बेला स्थानीयलाई दियो । 

तर प्रतिवद्धता पुरा गर्नबाट नगरपालिका चुकेपछि पोखरामा पनि फोहोर व्यवस्थापन सकसपूर्ण बन्दै गएको छ । 

महानगरका अनुसार पोखरामा दैनिक औसतमा १ सय टन फोहोर संकलन हुन्छ । ३० वटा गाडीमार्फत पोखरा सहरको फोहोर आलोपालो प्रणालीमा उठाउने गरिएको छ । हाल विसर्जनस्थल विवादपछि भने फाहोर नियमित संकलन हुन छाडेको छ । 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update