Odapalika - The Fourth Estate - चौथो अंग
नागढुंगा–नौबिसे मुख्य सुरुङमार्ग ‘ब्रेक थ्रु’, कहिलेबाट चल्छ गाडी ?

काठमाडौँ । नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्ग सोमबार ब्रेक थ्रुको उद्घाटन गरेका हुन् । 

मुख्य सुरुङसँगै रहेको सहायक सुरुङमार्गको यसअघि नै उद्घाटन भएको थियो । उक्त सुरुङमार्ग तयार भएपछि काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म तीन मिनेटमै आवतजावत गर्न मिल्ने आयोजनाले जनाएको छ । 

मुख्य सुरुङमार्ग २.६८८ किलोमिटरको हुनेछ । यो आयोजनाको करिब चार वर्षअघि निर्माणकार्य सुरु भएको थियो । 

मुख्य सुरुङका बाँकी सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एक वर्ष लाग्ने आयोजनाको भनाइ छ ।

यो सुरुङमार्ग प्रयोगकर्ता काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउजाउ गर्न सक्ने आयोजनाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update