Odapalika - The Fourth Estate - चौथो अंग
निगमले तिर्याे कर्मचारी सञ्चय कोष र लगानी कोषलाई जहाज खरिदको ऋण

काठमाडौँ । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई बक्यौता रकम भुक्तानी गरेको छ । न्यारोवडी र वाइडबडी जहाज खरिद गर्दा लिएको ऋणको साँवा र ब्याज वापत चैत महिनामा भुक्तानी गर्नुपर्ने रकम निगमले भुक्तानी गरेको हो ।

न्यारोवडी जहाजको पुरै किस्ता र वाइडबडी जहाजको आंशिक किस्ता बापत एकमुष्ट ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

उनका अनुसार निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पछि हालसम्म विभिन्न समयमा ५ अर्व ३६ करोड ६६ लाख ८६ हजार ९६८ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको छ । 

विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update