Odapalika - The Fourth Estate - चौथो अंग
३ प्रदेशमा पानी पर्ने सम्भावना, हावाहुरी चल्न सक्ने 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका ३ वटा प्रदेशसहित पहाडी भागमा पानी पर्ने सम्भावना छ । 

विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । 

विभागका अनुसार राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update