Odapalika - The Fourth Estate - चौथो अंग
बुधबार सार्वजनिक विदा

काठमाडौँ । सरकारले बुधबार अर्थात वैशाख ५ गते सार्वजनिक विदा दिएको छ । राम नवमीको अवसर पारेर सरकारले बुधबार देशैभर सार्वजनिक विदा दिएको हो । 

उक्त विदासँगै बुधबार सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार समेत बन्द हुनेछ ।

हिन्दु परम्परा अनुसार हरेक वर्ष चैत्र शुक्ल तिथिमा रामनवमी मनाउने गरिन्छ । करिब ९ लाख वर्षअघि त्रेतायुगमा यही मितिमा पृथ्वीमा रामको अवतरण भएको हिन्दु विश्वास रहिआएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update