Odapalika - The Fourth Estate - चौथो अंग
धनगढी उपमहानगरमा खुल्यो प्रहरीमा जागिर, २१ देखि ५० वर्षकाले जागिर पाउने 

कैलाली । धनगढी उपमहानगरपालिकाले नगरप्रहरीका लागि भर्ना खोलेको छ । १ भदाैभित्रमा आवेदन दिन सकिने प्रहरी पदका लागि उपमहानगरपालिकाले २१ वर्ष पुरा भएर ५० वर्ष नकटेका र स्वास्थ्य मापदण्ड पुरा गरेकाले निवेदन हाल्न सक्ने जनाएको छ । 

उपमहानगरपालिकाले १ जना नगर प्रहरी निरीक्षक र १ जना नगर प्रहरी नायव निरीक्षक मागेको छ । प्रहरी निरीक्षकका लागि सेनाको सहायक सेनानी पदमा काम गरेको अनुभव भएको या इन्पेक्टर पदमा काम गरेर स्वेच्छिक या अनिवार्य अवकास लिएको व्यक्तिले आवेदन दिन पाउने भनेको छ । 

नगर प्रहरी नायव निरीक्षकका लागि भने सेनाको सुवेदार भइसकेको या सइ भइसकेको व्यक्तिलाई आवेदन दिन खुला गरेको छ । 

२ जना गर प्रहरी हवल्दार मागेको उपमहानगरपालिकाले सेना वा प्रहरीको हवल्दार पदमा रहेर काम गरिसकेको व्यक्ति योग्य हुने भनेको छ । 

६ जना नगरप्रहरीको दरवन्दीमा पनि सेना र प्रहरीबाट अवकास पाइसकेको व्यक्ति नै हुनुपर्ने भनेको छ । 

हेर्नुहोस् यस्ता छन् सर्त 

dhangadi ad1691566775.jpg

dhangadi ad 11691566773.jpg

dhangadi ad 21691566772.jpg


 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update