Odapalika - The Fourth Estate - चौथो अंग
कार्यालय प्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख सहित ५ जना विरुद्द भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले मंगलबार विशेष अदालतमा उक्त कार्यालयका तत्कालीन प्रमुख धनञ्जय आचार्य सहित ५ जना विरुद्ध मुद्धा दायर गरेको हो । 

आयोगले आचार्य सहित सामाजिक विकास कार्यालयका सव इञ्जिनियर मोती प्रसाद बुढा, कभर्डहल तथा खेलमैदान निर्माण उपभोक्ता समिति, दुनैका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्रनाथ शाही विरुद्ध भ्रष्टाचार दायर गरेको हो । 

उनीहरु विरुद्ध ठूलीभेरी नगरपालिका वडा नं. ३ दुनै, डोल्पामा खेलकुद मैदान निर्माणमा ९ लाख ९३ हजार ९४० रुपैयाँ अनियमितता गरेको आरोप लगाईएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update