Odapalika - The Fourth Estate - चौथो अंग
बौदीकाली गाउँपालिकाले जित्यो अन्तरपालिका भलिबलको उपाधि 

काठमाडौँ । पाल्पाको निस्दी गाउँपालिकाले आयोजना गरेको अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबलको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ । 

प्रतियोगिताको फाइनलमा चापाकोट नगरपालिका स्याङ्जालाई ३–० को सोझो सेटले हराउँदै बौदीकालीले उपाधि जितेको हो ।

फाइनल खेलमा पहिलो, दोस्रो र तेस्रो सेट बौदीकालीले क्रमशः २५–२२, २५–१८ र २५–१४ जित्यो । चापाकोट उपविजेता बन्दा घिरिङ गाउँपालिका तनहुँ तेस्रो भएको छ । 

निस्दी गाउँपालिकालाई २५–१३, २५–२२ र २८–२६ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै घिरिङ तेस्रो भएको हो भने निस्दी गाउँपालिका चौथो भएको छ । 

उत्कृष्ट खेलाडी बौदीकाली गाउँपालिकाका विश्वास अधिकारी, उत्कृष्ट स्पाइकर बौदीकाली गाउँपालिकाका अशोक श्रेष्ठ, उत्कृष्ट सेटर बौदीकालीका दानबहादुर गाहा, उत्कृष्ट डिफेण्डर चापाकोट नगरपालिकाका राजन दर्लामी, उत्कृष्ट सर्भर घिरिङ गाउँपालिकाका सुजन राना, उत्कृष्ट ब्लकर चापाकोटका विवश थापा र उत्कृष्ट कोच बौदीकालीका सञ्जित सिञ्जाली भए ।

विजेता टोलीले १ लाख ३० हजार, दास्रो हुनेले ८० हजार, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले २५ हजार रुपैयाँसहित ट्रफी, प्राप्त गरे । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका गरी ६ समूहले प्रतियोगितामा सहभागिता जनाएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update