Odapalika - The Fourth Estate - चौथो अंग
राप्ती प्राविधिक शिक्षालय गढवामा सारिएपछि विद्यार्थीको आकर्षण बढ्योः प्रमुख पोख्रेल

काठमाडौँ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले राप्ती प्राविधिक शिक्षालय राप्तीबाट गढवा गाउँपालिकामा सारिएपछि विद्यार्थीको आकर्षण बढेको बताएका छन् । 

मंगलबार राप्ती प्राविधिक शिक्षालयको १३औं वार्षिक उत्सव समारोहमा उनले राप्तीबाट गढवा सारेपछि विद्यार्थी अभिभावकहरुको आकर्षणको रुपमा स्थापित भएको देख्दा आफु अतिनै खुसी भएको बताएका हुन् । 

लुम्बिनी प्रदेशको राजधानी व्यवस्थापन गर्दा राप्ती प्राविधिक शिक्षालयलाई स्थानातारण गरेर गढवा–३ गोबरडियामा सारिएको थियो । उक्त समयमा सम्पूर्ण निकाएबाट भएको मिहेनत साथ सहयोग आफुले कहिल्यै भुल्न नसकेको उनको भनाई छ । 

प्राविधिक शिक्षालय स्थानातारण गर्ने कठिन र चुनौतीपुर्ण समयमा आफु सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको अवस्थामा गढवा गाउँपालिका, ३ नम्बर वडा कार्यालय लगायतको ठाउबाट पुरा साथ सहयोग पाएर सरस्वती माध्यमिक बिद्यालयलाई सारेर उक्त ठाउँमा राप्ती प्राविधिक शिक्षालय सञ्चालन गरेको उनले स्मरण गरे । 

१३औं वार्षिक उत्सव समारोह कार्यक्रममा पुरस्कार वितरण तथा विद्यार्थीहरुबाट साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update