Odapalika - The Fourth Estate - चौथो अंग
म्याग्दीको मालिकामा पर्ने उपल्लो दुखुमा बल्न थाल्यो विजुली

काठमाडौँ । म्याग्दी जिल्ला अन्तरगतको मालिका गाउँपालिकाको वडा नम्बरमा पर्ने उपल्लो दुखुगाउँमा विजुली बल्न थालेको छ ।

सो गाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको हो ।नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३÷११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र दुखुलगायत आसपासका तीनवटा वडामा विद्युतीकरण गर्न २०७४ सालमा काम सुरु गरेको थियो । विस २०७६ मा पोल गाडिएको थियो । 

सोही योजनाअनुसार उपल्लो दुखुका ९९ घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको हो ।

केन्द्रीय प्रसारणको विद्युत पुग्नुअघि दुखुका बासिन्दा  १४ दशमलव पाँच किलोवाट क्षमताको दुखुखोला लघुजलविद्युत् परियोजनाको विद्युतमा निर्भरत थिए ।

कम क्षमताका् सो आयोजनाबाट उत्पादित विद्युत नियमित र दिउँसो विद्युत् आपूर्ति नहुँदा सो क्षेत्रका बासिन्दालाई समस्या भएको थियो । उनीहरुले विद्युत नभएको समयमा सौर्य ऊर्जा प्रयोग गरी आवश्यकता पूरा गरिरहेका थिए । 

नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले एसियाली विकास बैंकको परियोजनामार्फत प्रसारण लाइन तयार भएपछि विद्युत् वितरण गरिएको जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update