Odapalika - The Fourth Estate - चौथो अंग
घुस लिने उषाकिरणसँगै किन पक्राउ परे पोखरा महानगरका इन्जिनियर बराल ?

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल पक्राउ गरेको छ । महानगरको घर नक्सा शाखाका इन्जिनियर बराललाई अख्तियार कार्यालय पोखराले पक्राउ गरेको हो ।

गत चैत २८ गते साँझ पोखरा १० का एक सेवाग्राहीसँग घर नक्साकै विषयमा घुस लिदा महानगरकी इन्जिनियर उषाकिरण रोकाया रंगेहात पक्राउ परेकी थिइन् । सो समयमा उनीसहित गोदार कन्सल्टेन्सीका सहयोगी सुरज कुँवर डेढ लाख घुससहित पक्राउ परेका थिए ।

सोही विषयमा अनुसन्धान गर्दा बरालको पनि संलग्नता देखिएपछि उनलाई पनि पक्राउ गरिएको अख्तियारको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update