Odapalika - The Fourth Estate - चौथो अंग
सल्यानको ठिनबाङ खोलामा बस दुर्घटना, १६ जना घाइते, ८ को अवस्था गम्भीर

काठमाडौँ । दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानमा दुर्घटनामा परेको छ । सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नम्बर २ मा पर्ने ठिनबाङ खोलाको पुल नजिकै बस दुर्घटना भएको हो ।

रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट खस्दा १६ जना यात्रु घाइते भएका सो नगरपालिकाको वडा नम्बर २ का वडाध्यक्ष दीपेश डिसीले जानकारी दिए । घाइतेको स्थानीय पोलिक्लिनिकमा प्राथमिक उपचार भएर थप उपचारको लागि नेपालगन्ज तथा तुल्सीपुर पठाउन लागिएको उनको भनाइ छ ।

‘म अहिले प्राथमिक उपचार भइरहेको क्लिनिकमा छु । दुर्घटनमा १६ जना घाइते हुनुभएको छ । घाइतेमध्ये ८ जना सिरियस हुनुहुन्छ । यहाँ उपचार नहुने घाइतेलाई नेपालगन्ज र तुल्सीपुर पठाउन लागिएको छ,’ वडाध्यक्ष डिसीले वडापालिकासँग भने ।

सो बस पुलबाट खोलामा खसेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update