Odapalika - The Fourth Estate - चौथो अंग
भोलिदेखि सातदोबाटो–बालकुमारी सडक खण्ड बन्द हुने, कतिबेला चल्छन् गाडी ?

काठमाडौँ । बिहीबारदेखि ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड केही समयका लागि बन्द हुने भएको छ । फ्लाइओभर निर्माणका लागि बिहीबार रातिको १० बजेदेखि बिहान ४ बजेसम्म सडकखण्ड पूर्ण रुपमा बन्द हुन लागेको हो । 

६ गते रातीको १० बजेदेखि ११ गतेसम्म बन्द हुने जनाईएको छ । ग्वार्काे चोकमा २०७९ को मंसीरदेखि फ्लाइओभर निर्माण सुरु भएको छ । २ वर्ष भित्र निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको उक्त सडकमा हाल धमाधक काम भैरहेको छ । 

सडक खण्डमा सवारी साधन खुला हुँदा जोखिम बढेपछि रातको समयबन्द गरेर निर्माण गर्न लागिएको हो । फ्लाइओभर निर्माणको जिम्मा आशिष समानान्तर रेलिगेर जेभीले पाएको छ । तर सकिनुपर्ने बेला निर्माणले बल्ल गति लिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update