Odapalika - The Fourth Estate - चौथो अंग
नेविसंघले ७५३ वटै स्थानीय सरकारलाई बुझाएको शैक्षिक सुधारको ज्ञापनपत्रमा के छ ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी (नेवि) संघले आफ्नो ५५औं स्थापना दिवस मनाएको छ । 

नेविसंघले आफ्नो स्थापना दिवसको अवसरमा देशभरका सबै स्थानीय तहलाई शैक्षिक सुधारको ज्ञापनपत्र बुझाएको छ । संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले इलामको इलाम नगरपालिकाका मेयर केदार थापालाई ज्ञापनपत्र बुझाउँदै सो कार्यक्रमको सुरुवात गरेका हुन् ।

अध्यक्ष शेर्पा प्रतिनिधिसभा उपनिर्वाचन अन्तरगत इलाम क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन प्रचार प्रसार अभियानमा संलग्न छन् ।

नेविसंघले दिएको जानकारी अनुसार अब देशभरका सबै ७५३ वटै स्थानीय तहमा नेविसंघले शैक्षिक सुधारको ज्ञापनपत्र बुझाउने छ । नेविसंघले बुझाएको ज्ञापनपत्र १७ बुदे छ । 

सो ज्ञापनपत्रमा नेपालको संविधान अनुसार विद्यालय तहमा निःशुल्क शिक्षा हुनुपर्ने, वार्षिक बजेटको २० प्रतिशत रकम सार्वजनिक शिक्षाको लागि विनियोजन गर्नुपर्ने, विश्वमान चित्रमा समेत प्रतिस्पर्धी बन्न सक्ने गरी स्थानीय पाठ्यक्रम निर्माण गरिनु पर्ने, पूर्वप्राथमिक शिक्षाका लागि प्रविधिमैत्री सामग्री उपलब्ध गराउनु पर्ने, निजी स्कुलबाट प्राप्त हुने छात्रबृत्ति विवरणलाई पारदर्शी बनाउन छात्रबृत्ति पोर्टल बनाउनु पर्ने जस्ता माग नेविसंघको ज्ञापनपत्रमा छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update