Odapalika - The Fourth Estate - चौथो अंग
युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू, को हुन् उनी ?

काठमाडौँ । युनाईटेड अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यू भएको छ । आबुधाबी स्थित नेपाली दुतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यू भएको हो । 

युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दुतावासले  जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दुतावासको भनाइ छ ।

युएईमा दुई दिनदेखि परेको बर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दुतावासले जानकारी दिएको छ । 

सरकारी कार्यालय बन्द भएका कारण मृतकको बिषयमा थप जानकारी लिन नसकिएको दुतावासले बताएको छ । पुन भिजिट भिसामा युएई पुगेको दुतावासको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update