Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले निजी स्कुललाई भन्यो– बर्सैपिच्छे भर्ना शुल्क लिन पाइदैन, लिएको भए फिर्ता गर्नू

काठमाडौँ । काठमाडौँ महानगरले निजी स्कुलहरुलाई वर्सेनि भर्ना शुल्क लिन नपाइने कानुनी व्यवस्था स्मरण गराएको छ । विद्यालयतहमा अध्ययन गर्ने विद्यार्थीसँग निजी विद्यालयहरुले वर्सेनि भर्ना शुल्क लिने गरेपछि महानगरले सार्वजनिक सुचना नै प्रकाशित गरेर कानुनी व्यवस्था स्मरण गराएको हो ।

महानगरको शिक्षा विभागले सबै संस्थागत (निजी) स्कुललाई सम्बोधन गरेर प्रकाशित गरेको सुचनामा नयाँ विद्यार्थीको हकमा एउटा विद्यार्थीको हकमा एक पटक मात्रै भर्ना शुल्क लिन पाइने र त्यसपछि भने नपाइने स्पष्ट पारिएको छ । त्यस्तै भर्ना शुल्क पनि जथाभावी लिन नपाइने महागरको भनाइ छ । निजी स्कुलहरुले भर्ना शुल्क लिदा मासिक शुल्कको एक महिना बराबरले हुन आउने रकम मात्रै लिन पाउने भनिएको छ ।

‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५, शिक्षा व्यवस्थापन नियमावली २०७४ तथा संस्थागत विद्यालय मापदण्ड तथा संचालन निर्देशिका २०६९ मा विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको विद्यार्थी शुल्कको १ महिनाको भन्दा बढी लिन पाइने छैन भन्ने व्यवस्था छ । सोही निर्देशिकामा कुनै कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्काे कक्षामा भर्ना गर्दा भर्ना शुल्क लिन पाइने छैन भन्ने व्यवस्था छ । संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका २०७२ मा विद्यार्थी भर्ना हुँदा एक पटक मात्र जनु कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको १ महिनाको शुल्क लिन पाउने भन्ने मापदण्ड रहे तापनि काठमाडौँ महानगरपालिका अन्तरगत संचालित केही संस्थागत विद्यालयले विद्यार्थी भर्नाको नाममा प्रचलित कानुनले तोकेभन्दा बढी शुल्क लिएको जनगुनासो प्राप्त भएकाले प्रचलित ऐन, नियम, मापदण्ड र निर्देशिका विपरित विद्यार्थी भर्ना शुल्क लगायतका अन्य शुल्क लिएको पाइएमा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा ऐन २०७५, काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ तथा प्रचलित ऐन नियम बमोजिम कारवाही गरिने व्यहोरा जानकारी गराइन्छ,’ महानगरको सुचनामा उल्लेख छ ।

kathmandu-education-notice-1713504848.jpg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update