Odapalika - The Fourth Estate - चौथो अंग
डढेलो नियन्त्रण अभियानः चुरोटको ठूटो हेर्न सिसी क्यामेरा !

काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै सरकारी निकायले वन डढेलो नियन्त्रणका लागि बनक्षेत्रमा सिसी क्यामेर जडान गर्न थालेका छन् । 

विभिन्न डिभिजनल वन कार्यलयहरुले सिसी क्यामरा राख्न राखेर डडेल नियन्त्रणको निगरानी संयन्त्र बनाइएको बताएका छन् । 

जङ्गलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका लागि सिसी क्यामरा राख्न सुरु गरिएको हो । 

चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा जङ्गलमा फाल्ने, जङ्गलमा घाँस पलाउने भन्दै जानाजान आगो लगाउनेलगायत मानवीय गतिविधिका कारण जङ्गलमा आगो लाग्ने गरेको भन्दै निगरानीका लागि क्यामेर जडान गर्न थालिएको हो । 

सिसी क्यामरा जडान गरेर डढेलो लगाउनेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउन वनविद्हरुको सुझाव दिएसँगै सिसी क्यामेरा जडान थालिएको हो । 

कपिलवस्तुका बनमा यस्ता क्यामेरा जडान भइसकेका छन् । अधिकांश वन डढेलो मानवले जानाजान लगाएको निष्कर्षसहित  वन क्षेत्रमा सिसी क्यामरा जडान भइरहेको बन डिभिजनल कार्यालयहरुले बताएका छन् । 

मानिसले जङ्गलमा आगो लगाएमा कानुनी कारबाहीको व्यवस्था छ । वन ऐन, २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ । 

‘यस कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु ६० हजारसम्म जरिमाना वा दुवै सजाय हुने’ ऐनमा व्यवस्था छ । 

वन डढेलो व्यवस्थापन रणनीति, २०६७ ले डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायका परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रिम जानकारी लिनका लागि पूर्वतयारी गर्नेलगायतका लक्ष्य राखेको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update