Odapalika - The Fourth Estate - चौथो अंग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले  यो वर्ष २०८१ जनालाई रोजगारी दिनेगरी सीपमूलक तालिम दिने भएको छ । 

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले भिडियो सन्देशमार्फत रोजगारीमा जोडिन सीपमूलक तालिमका लागि निवेदन दिन आह्वान गरेका छन् । 

‘रोजगारी र आयबृद्धि, काठमाडौं महानगरको समृद्धि’ अभियान अन्तर्गत २०८१ साल बैशाखदेखि २०८१ जनालाई रोजगारी दिन सीपमूलक तालिम आयोजना गर्ने उनको भनाइ छ । 

टुँडिखेलमा आयोजना हुने सो सीपमूलक तालिममा १५ बैशाखभित्र निवेदन दिइसक्नुपर्नेछ । अनलाइनबाट आवेदन दिएकाहरुको १९ बैशाखबाट तालिम सुरु हुने प्रमुख शाहको भनाइ छ । 

काठमाडौंमा अस्थायी या स्थायी बसोवास गर्ने युवा विद्यार्थी जो कोही पनि संलग्न हुन पाउने यो सीपमूलक तालिममा सडक पेटी र ठेलामा व्यवसाय गरिरहेकाहरुलाई प्राथमिकताका साथ आवेदन दिन शाहले अपिल गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update