Odapalika - The Fourth Estate - चौथो अंग
२ प्रदेशको मौसम २४सै घन्टा खराब, अन्य यस्तो छ अवस्था 

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण दिनभरजसो नै सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिक बदलाव आउने जनाएको छ  ।

विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ  भने लुम्बिनी र कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना छ ।

राति कोशी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । मधेस र कोसी प्रदेशको तराई भू–भागका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update