Odapalika - The Fourth Estate - चौथो अंग
मेषले सहनू कचकच, मकरसहित यी राशिले गर्नेछन् रजगज 

आजको पञ्चाङ्ग 

तिथिः त्रयोदशी । नक्षत्रः उ.भा. । करणः कौलव । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः ३५ । सूर्यास्तः १८ः ३१ । दिनमानः ३२ः २० घडी । राहुकालः बेलुका ४ः३० देखि ०६ः०० बजेसम्म ।

आजको राशिफल

मेष (चु चे चो ला लि लु ले लो अ)

शत्रु पक्ष सबल हुनेछन् । आफन्तको कचकच सुन्नुपर्नेछ । आजको घुमफिर र किनमेलले दिन अर्थपूर्ण होला । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

आज सन्तान सुख मिल्नेछ । मान्यजनसँगको भेटघाटले मन आनन्दित हुनेछ । स्वस्थ्यमा आएको समस्यामा सुधार हुनेछ ।

 मिथुन (का कि कु घ ङ छ के को ह)

आज मित्रवर्गसँग दिन बित्नेछ । पराक्रम बढ्नेछ । आत्माविश्वासका साथ काममा लागिनेछ ।  

कर्कट (हि हु हे हो डा डि डु डे डो)

पराक्रम बढ्नेछ । अप्रत्यासित लाभ हुनेछ । भेटघाटको अवसर मिल्नेछ । गुमेको वस्तु प्राप्त हुने देखिन्छ । 

सिंह (मा मि मु मे मो टा टि टु)

कार्यक्षेत्रबाट राम्रो सदभाव मिल्नेछ  । सबैको प्रशंसा पाउनुहुनेछ । आपूmले चिताएको कुरा पूरा हुनेछ  ।

कन्या (टो प पि पु ष ण ठ पो)

प्रिय खबर सुनेर मन आनन्दित होला । अत्याधिक व्यस्त रहने देखिन्छ । गरेको कामको जस पाइएला ।  

तुला (रा रि रु रे रो ता ति तु ते) 

आजको कार्यप्राप्तिको योग भने देखिँदैन ।  धन खर्च हुने देखिन्छ । भाग्यको ढोका बन्द हुनेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आर्थिक लाभ हुनेछ । आजको समय कार्यक्षेत्रमै ब्यस्त भइएला । कामलाई पूर्ण सफल पार्न निकै परिश्रम गर्नुपर्ला । अरुले कामको सम्मान गर्नेछन् ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

सबैको साथ पूर्णरुपमा हुनेछ । परिश्रमपूर्वक गरेको कामबाट निराश हुनुपर्दैन । भाग्यले राम्रो दिनेछ । मनोरञ्जनप्रति मन जानेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

भाग्यले मज्जाले साथ दिनेछ । आत्मविश्वासका साथ काम गर्नुपर्ने हुन्छ । अनावश्यक सोचाइ मनबाट हराएर जानेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आज स्वास्थ्य प्रतिकूल रहनेछ । मनोरञ्जनमा दिन बित्नेछ । नयाँ सोचले सफलता प्राप्त नगर्ला । अरु मन जित्न कठिन हुनेछ । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आजको दिन परिवारको साथ बित्नेछ । शरीरमा स्पूmर्ति आउनेछ । नयाँ सामानको खरिद गर्नुहुनेछ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update