Odapalika - The Fourth Estate - चौथो अंग
मलामी बोक्न निःशुल्क बस सेवा, इन्धन महानगरले हाल्ने 

काठमाडौँ । विराटनगर महानगरपालिकाले मलामी बोक्ने प्रयोजनाका लागि संचालित बसलाई निःशुल्क इन्धन उपलव्ध गराउने भएको छ ।

विराटनगरका युवा करिम अन्सारीले मलामीका लागि निःशुल्क रूपमा बसका उपलव्ध गराउादै आएकामा सो बसका लागि इन्धन भने महानगरले भरिदिने भएको हो । 

विराट सेवा आश्रमसँगको सहकार्यमा विराटनगर वडा नं १० ले अन्सारी र ज्येष्ठ नागरिकको सम्मानमा बोल्दै विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मलामीका लागि सञ्चालित बसलाई मासिक इन्धन उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उनले भने, 'यस्तो पवित्र कार्यमा महानगरपालिका पनि सहभागी हुन चाहन्छ । बसका लागि आवश्यक पर्ने इन्धन महानगरपालिकाले मासिक रूपमै उपलब्ध गराउनेछ ।'

महानगरले १९ वटै वडामा घरघर पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गर्दै आएको छ । ज्येष्ठ नागरिकलाई सो अवसरमा कम्बल, छाता, हर्लिक्स, फलफूल प्रदान गरेर सम्मान गरिएको थियो । वडाभित्र बसोबास गर्ने १०० जनालाई सम्मान गरिएको वडाध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०७:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update