Odapalika - The Fourth Estate - चौथो अंग
मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु

काठमाडौँ । मोबाइल चार्ज गर्दा एक बालको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–५ दागपामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर गएराति एक बालकको मृत्यु भएको हो । 

स्थानीय कालुबहादुर लिम्बुको ८ वर्षीय छोरा सुदिप लिम्बुलाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका बालकको उपचारको लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update