Odapalika - The Fourth Estate - चौथो अंग
एमाले जिल्ला कमिटी पदाधिकारीमा नपरेपछि हरिनास गाउँपालिका अध्यक्षले घाेषणा गरे फेसबुकबाटै राजिनामा 

काठमाडौँ । नेकपा एमालेका नेताहरुप्रति असन्तुष्टि जनाउँदै स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्षले सामाजिक सञ्जाल फेसबुकबाट राजिनामाको घोषणा गरेका छन् । 

उनले एमाले गाउँ कमिटी अध्यक्ष र स्थानीय सरकार प्रमुखबाटसमेत राजिनामा दिएर कुनै राजनीतिक दलमा आवद्ध नहुने घोषणा गरेका हुन् । 

एमाले नेतृ पद्मा अर्यालले जिल्ला कमिटी पदाधिकारीमा एकलौटी ढंगवाट निर्वाचित घोषणा गरेको भन्दै उनले पार्टी र लाभको पदमा बस्न मन नलागेको लेखेका छन् । 

राजिनामा दिएको विषयमा सम्पर्क गर्न खोज्दा उनको मोवाइल फोन अफ छ । सामाजिक सञ्जालमा उनले लेखेको स्टाटसलाई नेकपा माओवादी जिल्ला कमिटीका सचिव समेतले शेयर गरेर २०८४ सालपछि सहकार्य हुने उल्लेख गरेका छन् । 

उनले दुईपटक स्थानीय तहमा निर्वाचित भएको र पार्टीमा गम्भीर योगदान दिएका आफुजस्ता कार्यकर्ताको मानमर्दन भएको भन्दै पार्टी र स्थानीय सरकारको जिम्मेवारीबाट अलग हुने उल्लेख गरेका छन् । 

khem-1713677208.jpg


 


 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update