Odapalika - The Fourth Estate - चौथो अंग
बूढीगण्डकीमा बाढी, सचेत हुन गृह मन्त्रालयको आग्रह

काठमाडौँ । चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित वीरेन्द्र ताल क्षेत्रमा हिउँपहिरो खसेको छ । पहिरो पछि तालबाट बग्ने पानीको बाहबका कारण बुढीगण्डकीमा बाढी आएको छ । 

बाढीका कारण बूढीगण्डकीमा पानीको बहाव उच्च भएको भन्दै गृह मन्त्रालयले सचेत रहन नदि क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । 

बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो । 

‘बाढीले क्षति गर्ने संभावना हुन्छ, बाढी आउनुपूर्व नै सुरक्षित रहन अपील गर्दछौँ,’  गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले भने । 

वीरेन्द्र तालमा खसेको हिमपहिरो कारण सामागाउँबाट साम्दो जाने पैदलमार्गको काठेपुल समेत बगाएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update