Odapalika - The Fourth Estate - चौथो अंग
लिखु गाउँपालिकामा अपाङ्गता भएकाको स्वास्थ्य परीक्षण 

काठमाडौँ । ओखलढुंगाको लिखु गाउँपालिकाले पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

सामाजिक विकास मन्त्रालय कोशी प्रदेश सरकार, करुणा फाउण्डेशन र राष्ट्रिय अपाङ्ग महासंघको सहयोगमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत शिविर सञ्चालन गरिएको गाउँपालिकाका प्रवक्ता मोहन कार्कीले जानकारी दिए । 

शिविरमा स्वास्थ्य परीक्षणका अतिरिक्त आवश्यकता पहिचान तथा परिचय पत्र वितरणको कामसमेत भएको छ । कार्कीका अनुसार ३ बैशाखबाट शुरु भएको शिविर ११ गतेसम्म चल्नेछ । 

शिविरमा पालिकाभित्रका सबै वडाका गरी शनिवारसम्ममा १३९ जनाको स्वास्थ्य परीक्षण भइसकेको छ । सो अवसरमा अपाङगता भएका व्यक्तिहरुलाई ह्वील चेयर लगायतका सामग्री प्रदान गरिएको छ भने अपाङ्गता भएका बालवालिकालाई विद्यालय भर्ना र केहीलाई घरमा आधारित शिक्षाको आवश्यकता पहिचान गरिएको कार्कीको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update