Odapalika - The Fourth Estate - चौथो अंग
मनाङ ङिस्याङ गाउँपालिकाले माग्यो कृषि प्राविधिक, के के चाहिन्छ योग्यता ? 

काठमाडौँ । मनाङको ङिस्याङ गाउँपालिकाले कृषि प्राविधिक माग गरेको छ । पालिकाले एक सूचना जारी गर्दै कृषि स्नातक प्राविधिक करारमा माग गरेको हो । 

पालिकाले बैशाख ६ गते सूचना जारी गर्दै २१ दिनभित्र आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ । 

सूचना अनुसार निवेदनका साथमा शैक्षिक योग्यताको प्रमाण पत्रका प्रतिलिपी, नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, अनुभव वा तालिम भए सोको प्रमाणपत्रको प्रतिलिपी, पासपोर्ट साईजको फोटो ३ प्रति पेश गर्नुपर्नेछ । 

यस्तै, सूचनामा नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालय वा शैक्षिक संस्थाबाट कृषि विज्ञानमा कम्तीमा स्नातक तह उत्तीर्ण भएको, दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पूरा भई पुरुषमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष उमेर पुरा नभएको हुनुपर्ने तथा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त नभएको हुनुपर्ने उल्लेख छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update