Odapalika - The Fourth Estate - चौथो अंग
प्रभु बैंकले माग्यो च्याटर्ड एकाउन्टेन्टदेखि सीबीएस अफिसरसम्मका कर्मचारी, यसरी दिनुस् आवेदन

काठमाडौँ । प्रभु बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै च्याटर्ड एकाउन्टेन्टदेखि सीबीएस अफिसरसम्ममा कर्मचारीको माग गरेको हो । 

सूचना अनुसार सीबीएस अफिसर (जुनियर अफिसर÷अफिस), सीबीएस अपरेटर, डिजिटल ट्रान्सफरमेशन, साइबार सेकुरीटी अफिसर र च्याटर्ड एकाउन्टेन्ट पदका लागि कर्मचारी माग गरिएको हो । कर्मचारीको पद छुट्टाईएपनि संख्या भने खुलाईएको छैन् । 

सूचना अनुसार उक्त पदका लागि योग्यता पुगेका नेपाली नागरिकले यही अप्रिल २८ तारिख अर्थात बैशाख १६ गते साँझ ५ बजेसम्म दरखास्त दिन सक्नेछन् । दरखास्त बैंकको वेवसाइटमा गएर दिन सकिनेछ । 

Vacancy_Prabhu-Bank-1713681739.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update