Odapalika - The Fourth Estate - चौथो अंग
निलम्बित निर्देशकविरुद्ध भ्रष्टाचार र झुटो विवरणको अर्को मुद्दा 

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र झुटा विवरण पेश गरेको सम्वन्धि मुद्दा दर्ता गरेको छ । 

विशेष अदालतमा दायर मुद्दामा पौडेलले राष्ट्र सेवकको हैसियतमा बहाल रहेकै अवस्थामा अमेरिकाको पीआर लिएको तर वढुसवा प्रयोजनमा आफुले यस्तो पीआर नलिएको दाबी गरिएको उल्लेख छ । 

पदावधि थपिएपछि पनि तथ्यलाई लुकाएर झुट्टा विवरण देखाएको भन्दै अख्तियारले उनलाई कारवाहीको माग गरेको छ । सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा चलिरहेको बेला पौडेलमाथि अख्तियारले अर्को मुद्दा दायर गरेको हो । 

पौडेलमाथि अकुत सम्पत्ति आर्जन सम्वन्धि अर्को मुद्दा पनि विशेष अदालतमा विचाराधीन छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update