Odapalika - The Fourth Estate - चौथो अंग
३८ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)  

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उप–सचिव र शाखा अधिकृत पदमा कार्यरत गरी ३८ जना कर्मचारीलाई स्थानीय तहको प्रमुख प्रशाशकीय अधिकृतका रुपमा सरुवा गरेको छ । 

मन्त्रालयले धेरैजसो संघीय मन्त्रालयहरुमा कार्यरत रहेका २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको हो । उनीहरु मध्ये धेरैजसोलाई मधेश प्रदेशमा पठाइएको छ । 

सरुवामा विवादित बनेका दमकका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला पनि परेका छन् । उनी पछिल्लो समय एक महिलासँग सामाजिक सञ्जालमा अश्लील हर्कत गर्दै गरेको देखिएपछि विवादित थिए । उनी मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । उनको स्थानमा तारकेश्वर नगरपालिकामा कार्यरत गणेशराज कार्कीलाई पठाइएको छ ।

हेर्नुहोस्  सूची 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update